Latest Updates :

हत्यारालाई राष्ट्रपति विद्या भण्डारीले माफी दिएपछि बालिका बलात्कारपछि अर्काे हत्या !

SHARE THIS POST :

काठमाडौं – लामो समय तत्कालीन नेकपा एमालेमा राजनीति गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कैदी माफ दिएका व्यक्तिले नै बहुचर्चित निर्मला पन्त बलात्कार र हत्याकाण्ड गराएको खुलासा भएको छ ।

हत्या अभियोगमा जेलमा रहेका व्यक्तिलाई गणतन्त्र दिवसको दिन राष्ट्रपति भण्डारीले माफी दिएपछि अभियुक्तले फेरि बालिका बलात्कार र हत्या गरेको भेटिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय निर्मला पन्तको साउन १० गते भएको बलात्कारपछि हत्या घटना अभियोगमा प्रहरीले भीमदत्त नगरपालिका–१९ वागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
अभियुक्त विष्टलाई गत वर्षको गणतन्त्र दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदी माफी दिएकी थिइन् ।

विष्टले आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका बेला राष्ट्रपति भण्डारीबाट माफी पाएका थिए । हत्या सजाय भोगिरहेका व्यक्तिलाई राष्ट्रपतिले नै माफी दिएपछि त्यसको सजाय एक निर्दाेष बालिकाले भोग्नुपरेको छ ।

राजनीतिक पहुँचका आधारमा गणतन्त्र दिवसको अवसर पारेर कारागारमा सजाय भोगिरहेका व्यक्तिलाई माफी दिने गरिएको छ । तर, कैद माफी दिँदा आचरण सुधार भएको हुनुपर्ने भएपनि फेरि हत्या गर्न प्रवृत्तिका व्यक्तिलाई राष्ट्रपतिले माफी दिएर गम्भीर त्रुटि गरेको देखिएको छ ।

बहुचर्चित बलात्कार र हत्याकाण्डपछि सार्वजनिक भएको तथ्यले गणतन्त्रमा माफी दिने प्रवृत्तिले र राष्ट्रको सर्वाेच्च संस्था राष्ट्रपतिलाई नै बद्नाम गर्ने देखिएको छ ।

कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगका मुख्य अभियुक्त भनिएका ४१ वर्षीया दिलिपसिंह विष्टलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका विष्टलाई प्रहरीले अदालतमा उपस्थित गराएर म्याद थप समेत गरिसकेको छ । उनी जेल परेर छुटेका व्यक्ति समेत हुन् । १० वर्ष अगाडि आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगेका थिए ।

घटना कसरी भयो ?

निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथीको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन् । उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा साथीको घर छ ।

साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन् । करिब सवा दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन् । साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन् ।

साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो। उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो । निर्मला कहीँ कतै भेटिइनन् ।

छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्यो । त्यो रात परिवारको लागि सकसमा नै बित्यो । बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो। बिहानै एउटा दुःखद खबर बन्यो । निर्मलाको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटियो ।

उनको शरीरमा चोट लागेको थियो । शरीर अर्धनग्न अवस्थामा थियो । गुप्ताङबाट रगतसमेत बगिरहेको थियो ।

घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक टेकेन्द्र खड्काको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोले अंगुर जोशीको नेतृत्वमा तीन सदस्यीय टोली घटनाको अनुसन्धानका लागि कञ्चनपुर पठाएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. worldnews 24 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger