स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो…हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका … (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु । ३३ महिना पुग्यो । म घरबाट निस्केको २ महिना जति हुँदा मेरो घरमा गाउँकै तोपे सुनुवारले मेरो श्रीमती लक्ष्मी दमै (नाम परिवर्तन) दुई सन्तान छोरा-छोरी सहित घरमा राती सुतेका बेला जबर्जस्ती आएर बलात्कार गरेछ, अनी डर धम्की देखाइ ‘तेरो बुढासँग भनिदिन्छु’ भन्दै त्यसपछि पनि डर देखाउँदै पटक-पटक बलात्कार गर्दै आएको रहेछ ।
उक्त घृणित कार्य अति भएपछि मेरी श्रीमतीले मलाई भनिन् । र मेरो सल्लाह बमोजिम मेरी श्रीमतीले आफ्नो न्यायको लागि प्रहरी चौकीमा रिपोर्ट लेखाइन् । र अहिले उ प्रहरी हिरासतमा छ । हाम्रो बिहे १० बर्ष अगाडि भएको हो र हाम्रो एउटा हासी-खुशी परिबार थियो जुन अहिले त्यस बलात्कारीको कारण लुटिएको छ । छोरा ८ बर्षको र छोरी ६ बर्षकि छन् । भिडियो हेर्नुहोस
Post a Comment